काठमाडौं, असाेज १२ । पखेटामा समस्या आएपछि नेपाल वायुसेवा निगमको ९ एन–एएलजेड कल साइन भएको को जहाज ग्राउण्डेड भएको छ ।
गत शुक्रबार काठमाडौं–कुनमिङ चार्टर उडान गर्ने क्रममा समस्या आएपछि तत्कालै अवतरण गरिएको थियो । यो जहाज मर्मतका लागि अझै केही दिन लाग्ने निगमले जनाएको छ ।
यो जहाज केही अगाडि मात्रै सिचेक गरिएको थियो । १७ हजार फिट माथी उडेपछि जहाजमा अचानक समस्या आएपछि करिब एक घण्टा आकाशमा फन्को लगाएपछि निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
सन् २०१८ को जुन महिनामा पहिलो उडान भरेको उक्त जहाजमा २७४ सिट क्षमता रहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com