पर्यटनमन्त्रीको निर्देशनमा रोकियो हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा

काठमाडौं, असोज १२ । चौतर्फी विरोध सुरुभएपछि हिमालय एयरलाइन्सलाई त्रिभुवन अतराष्ट्रिय विमानस्थलनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णयबाट सरकार पछि हटेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले निर्याण कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
भट्टराईले निर्णय कायान्वयन नगर्न र हिमालय एयरलाइन्ससँग ग्राउण्ड ह्याण्डलिङका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता छ या छैन भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएका छन् ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सले गर्दैआएको छ । सबैभन्दा धेरै आम्दानी हुने क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराउने निर्णय भएपछि नेपाल एयरलाइन्सले विरोध गरेको थियो ।
मन्त्री भट्टराईले ठूला खाले निर्णय गर्नुअघि मन्त्रीसँग छलफल गरेर मात्रै निर्णय गर्न समेत महानिर्देशक पोखरेललाई सचेत गराएका छन् ।
यस्तै, यसअघि नै ग्राउण्ड ह्याण्डलिङको सेवा पाएका विदेशी विमान कम्पनी एयर इन्डिया र थाई एयरवेजको अनुमति समेत रद्द गर्न निर्देशका दिएका छन् ।
यति समुहको लगानी रहेको हिमालय एयरलाइन्सले अन्तराष्ट्रिय विमानस्थलको सेल्फ ग्राउण्ड ह्याण्डलिङका लागि धेरै पहिलादेखि नै लविङ गर्दैआएको थियो ।
२०७६ चैत ७ गते हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको सुविधा प्राप्तिका लागि आवेदन दिएको थियो। गत भदौ २८ गते प्राधिकरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार सुविधा दिएको जनाएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस