म्यानचेस्टर सिटीको लज्जास्पद हार


एजेन्सी, असोज १२ । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा लज्जास्पल हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा सिटीले लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार व्यहोरेको हो । 

सिटीको घरेलु मैदानमा भएको खेलमा खेलमा लेस्टरको जितकमा लागि जेमी भार्डीले ह्याट्रिक गरे । त्यस्तै जेम्स म्याडिसन र योउरी टेलेम्यान्सले एक एक गोल गरे । सिटीका लागि रियाद महरेज र नाथन अकेले एक-एक गोल फर्काए । 

खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको चौथो मिनेटमा नै महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ३७ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै खेल पहिलो हाफमा १–१ बराबरीमा ल्याए । 

५४ औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको चार मिनेट नबित्दै भार्डीले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे । भार्डीको ह्याट्रिकको मद्दतले ३–१ को अग्रता बनाएको लेस्टरका लागि ७७ औं मिनेटमा म्याडिसनले गोल गर्दै ४–१ को अग्रता दिलाए । 

८४ औं  मिनेटमा नाथनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, सिटीले थप गोल गर्न नसक्दा र ८८ औं मिनेटमा यउरीले पोनाल्टीमा गोल गर्दा घरेलु टोली लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार व्यहोरेको हो । 

यस जितसँगै लेस्टर सिटीले तीन खेलमा जित निकाल्दै नौं अंक जोडेको छ । यता सिटीले भने दुई खेल खेल्दा एकमा हार र एकमा जित निकाल्दै तीन अंक जोडेको छ 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope