उद्योगी-व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि


काठमाडौं, असाेज १२ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवासायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आईएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्ष ढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ढकालले लेखेका छन्, जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सर्तकता र सजगता अपनाइरहेको भएपनि हिजो आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।’

ढकालले आफुनो स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएका छने । सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन् ।

ढकालले भनेका छन्, ‘दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’

ढकाल नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गदैछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope