अधिकांश ठाउँको मौसम तीन दिनसम्म सफा रहने

१३ आश्विन २०७७, मंगलवार ०८:२०

काठमाडाैं, असाेज १३ । देशका पहाडी भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य मात्र बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै भोलि प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का पानी पर्ने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार १५ असोजमा पनि यी पाँच प्रदेशका केही स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.