उच्च रक्तचाप भएका व्यक्तिलाई यौन सम्पर्क घातक


काठमाडौं, असाेज १३ । उच्च रक्तचाप भएका व्यक्तिका लागि यौन सम्पर्क घातक हुन सक्ने अध्ययनले देखाएको छ ।

बेलायतको लण्डनस्थित एक स्वास्थ्य अनुसन्धान केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको परामर्श र आफ्नो रक्तचापको अवस्था हेरेर मात्र यौन सम्पर्क राख्न सुझाव दिएको छ ।

लिजा हेल्थ रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यौन सम्पर्कको समयमा व्यक्तिको शारिरीक सक्रियता र भावनात्मक संवेगका कारण मुटुको पनि धड्कन बढ्दा रक्तचाप पनि बढ्छ ।

अध्ययनमा समावेश गरिएका ४० प्रतिशत व्यक्तिको यौन सम्पर्कका बेला रक्तचाप उच्च विन्दुमा पुगेको पाइएको छ ।

रक्तचाप उच्च विन्दूमा पुग्नु भनेको व्यक्तिकालागि घातक हुने भएकाले उच्च रक्तचाप भएका व्यक्तिले यौन सम्पर्क गर्दा बिचार गर्नु पर्ने अनुसन्धानकर्ताहरुले औल्याएका छन् ।

रक्तचाप कम उमेरका मानिसका लागि त्यति घातक नभए पनि उमेर पुगेका र उच्च रक्तचाप भएका व्यक्तिका लागि यौन सम्पर्क घातक हुन सक्छ ।

रक्तचाप उच्च अवस्थामा पुगेको बेला उत्तेजनामा आएर यौन सम्पर्क गर्दा कहिलेकाही त्यसको परिणाम अप्रिय हुने अध्ययनले देखाएको छ ।

यस्ता व्यक्तिहरुले निरन्तर रुपमा डाक्टरको सल्लाह लिएर मात्र यौन सम्पर्क गर्नु राम्रो हुने अनुसन्धानकर्ताले सुझाव दिएका छन् ।

रक्तचाप कम भएको बेला भने यौन सम्पर्कले हानी नगर्ने उनीहरुले बताएका छन् । एजेन्सी/हेल्थटुडे


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope