काठमाडाैं, असाेज १३ । पछिल्लो २४ घन्टामा १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा १० हजार आठ सय ९१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७६ दुई सय ५८  पुगेको छ । 

त्यसैगरी आज सात सय ३१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

कुल निको हुनेको संख्या ५५ तीन सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना निको हुने दर ७२.६ प्रतिशत रहेको पनि जानकारी दिए । 

हाल देशभर २० हजार तीन सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेको गौतमले बताए । 

संक्रमितमध्ये दुई सय १३ जनाको आइसियू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.