काठमाडौं, असाेज १३ । कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या बढेको छ।

नेपालमा हिजो २ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या १० जनामा पुगेको छ।

गत २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा मोरङका ६८०,महोत्तरीका ५८, काठमाडौंका ६० र ७०, चितवनका ५५, बाँकेका ५३ र ३९ वर्षीय पुरुष छन्।

त्यस्तै सर्लाहीकी ७२, काठमाडौं‌की ५७ र बाँकेका ५३ तथा ३९ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

अहिले देशभर २१३ जना आईसीयू तथा ३४ जना भेन्टिलेटरमा उपचाररत छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.