नेफ्रोटिक सिन्ड्रोमबाट ग्रसित इलामकी अञ्जलीको स्वास्थ्यमा सुधार हुँदै


फिक्कल, असोज १३ । उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अञ्जली तामाङको स्वास्थ्यमा सुधार हुनुको साथै आर्थिक सहयोग जुट्न थालेको छ । दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए । विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्ष अघि नै अञ्जलीको मृगौलामा समस्या भएको बताए पनि उनले उपचार गर्न सकेका थिएनन । उनी नेफ्रोटिक सिन्ड्रोम रोगले ग्रसित रहेकी थिईन ।

के हो नेफ्रोटिक सिन्ड्रोम

नेफ्रोटिक सिन्ड्रोम भनेको पिसाबमा धेरै मात्रामा प्रोटिन जाने, रगतमा प्रोटिनको मात्रामा कमी हुने, रगतमा कोलेस्टोरोल बढ्ने र गोडा तथा शरीरको अन्य भाग सुनिने मृगौला रोग हो । यो रोग कुनै पनि उमेर समुहलाई लाग्न सक्छ । तर वयस्कहरुको तुलनामा बालबालिकाहरुमा बढि हुन्छ । यो समस्या निको हुने र बल्झिन पनि सक्छ । धेरै पल्ट बल्झिने भयो भने बिरामी तथा परिवारलाई चिन्ताको बिषय बन्न सक्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।

मृगौलाले हाम्रो शरीरमा फिल्टरको रुपमा काम गरिरहेको हुन्छ । यसले विषालु पदार्थ र बढी भएको पानीलाई रगतबाट निकालेर पिसावको रुपमा फाल्ने गर्छ । यस्तो फिल्टरको प्वाल आकार यति सानो हुन्छ की सामान्य अवस्थामा ठुलो आकारको प्रोटिन पिसाबमा देखा पर्दैन् । र पिसाबको परिक्षण गर्दा प्रोटिन देखिदैन् । नेफ्रोटिक सिन्ड्रोममा फिल्टरको प्बाल ठुलो हुन्छ जसले गर्दा प्रोटिन पिसाबसंगै जान्छ । पिसाबमा गएको प्रोटिनको कारण रगतमा प्रोटिनको मात्रा कम हुन्छ । रगतमा प्रोटिन कम भएपछि शरीर सुनिन्ने समस्या हुन्छ । जसलाई चिकित्साको भाषामा एडेमा भनिदै आएको छ । पिसाबबाट प्रोटिन जाने मात्रा र रगतमा प्रोटिनको मात्रामा भएको कमीका कारण आधारमा एडेमाको गम्भिरतामा फरक पर्छ ।

९० प्रतिशत बालबालिकामा हुने नेफ्रोटिक सिन्ड्रोमको बारेमा थाहा नहुने विभिन्न अध्ययनले देखाएको छ । १० प्रतिशतमा औषधीको प्रभाव, बाथरोग, वंशानुगत समस्या, मधुमेह वा अन्य कारणले भएको हुने देखिएको छ । नेफ्रोटिक सिन्ड्रोम खास गरी २ बर्ष देखि ८ बर्ष उमेर समुहका बालबालिका देखिने गरेको अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope