काठमाडाैं, असाेज १३ । भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् ।
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।
बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।
गौतम बुद्धका केही जीवनउपयोगी वाणी
१ भुतकालमा नअल्झ, भविष्यको सपनामा नहराउ। वर्तमानमा ध्यान देउ। यहि खुसी रहने बाटो हो।
२. तिम्रो क्रोधको लागि कसैले सजाएँ दिँदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजाएँ मिल्छ।
३. संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुँदैन। शंकाले मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ।
४. हजारौं लडाइँ जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथी विजय प्राप्त गर। अनि जित सदैव तिम्रो हुनेछ।
५. तीन चिज कहिल्यै लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य।
६. लक्ष्यमा पुग्नु भन्दा महत्वपूर्ण लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नु हुन्छ। हजारौं शब्द भन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति ल्याउँछ।
७. घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन। घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सकिन्छ। यो एक प्राकृतिक सत्य हो।
८.सत्यको मार्गमा हिड्ने मानिसले केवल दुई गल्ती गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु।
९ क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथी फ्याक्ने इच्छाले समातेर बस्नु समान हो। यसले स्वयम आफुलाई नै जलाउँछ।
१०. एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुँदैन। यसै गरि खुसि बाड्नाले बढ्छ, कम हुँदैन।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com