अमेरिकी चुनावः डोनाल्ड ट्रम्प र जो बाइडेन पहिलोपटक आमनेसामने हुँदै


एजेन्सी, असाेज १४। अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन डिबेट नेपाली समय अनुसार बुधबार बिहान हुँदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन पहिलो पटक आमनेसामने हुँदैछन् । फक्स न्यूजका क्रिस वालसले डिबेट मोडरेट गर्ने छन् ।

उनले सन् २०१६ मा ट्रम्प र हिलारी क्लिन्टनबिचको डिबेट मोडरेटका लागि प्रशंसा बटुलेका थिए। ९० मिनेटको डिबेटमा विभिन्न विषयमा १५ मिनेटको समय सीमामा उम्मेदवारले आफ्नो पक्ष राख्ने छन् ।

मतदानको तयारीमा रहेका दशौँ लाख अमेरिकीले यो डिबेट हेर्दै छन् । सामाजिक दूरीको नियम पालना गरी स्टूडियोमा सीमित सहभागी मात्रै हुने सिएनएनले जनाएको छ ।

न्यूर्योक टाइम्सले राष्ट्रपति ट्रम्पले आयकर छली गरेको रिपोर्ट प्रकाशित गरेपछि हुन लागेको यो डिबेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

डिबेट सुरु हुनु भन्दा केही घण्टाअघि जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गरेका छन्।

डिबेटमा कोरोना भाइरसको महामारी, अर्थतन्त्रसहितका विषय केन्द्रमा रहने छन् । मत सर्वेक्षणहरुमा बाइडेन अघि रहेका छन् । ट्रम्पले बाइडेनमाथि व्यक्तिगत आक्रमण गर्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope