काठमाण्डौ असोज १४ । सुनको भाउ आज पनि बढेको छ ।

हिजो तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.