एजेन्सी, असोज १४ । इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको यो सिजन दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ।
मंगलबार राती भएको खेलमा दिल्ली, सनराइजर्स हैदराबादसँग १५ रनले पराजित भएको हो। हैदराबादले भने लगातार दुई हारपछि पहिलो जित हात पारेको हो।
सनराइजर्स हैदराबादले एक सय ६३ रनको लक्ष्य दिएपनि रसिद खानको बलिङ सामु दिल्लीका माथिल्लो क्रमका ब्याट्सम्यान टिक्न सकेनन्।
दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४७ रन जोड्यो। रसिदले चार ओभरमा १४ रन खर्चिएर ३ विकेट हात पारे। उनले शिखर धवनलाई ३४, कप्तान श्रेयस अय्यरलाई १७ र रिसभ पन्तलाई ३२ रनमा आउट गरे। सिमरन हेटमेयरले २१, मार्कस स्टोइनिसले ११ र पृथ्वी सले २ रनमात्र जोड्न सके। भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र टी नाटाराजनले एक एक विकेट हात पारे।
दिल्लीलाई अन्तिम पाँच ओभरमा जितका लागि ५९ रन चाहिएको थियो भने उसका हेटमेयर र पन्त ब्याटिङमा थिए। १६ औँ ओभरको पहिलो बलमा भुवनेश्वरले हेटमेयरलाई आउट गरे। १७ औँ ओभरको चौथो बलमा रसिदले रिसभलाई आउट गरे।
१८ औँ ओभरको अन्तिम बलमा भुवनेश्वरले स्टोइनिसलाई आउट गरेपछि दिल्लीको जित असम्भवजस्तै बनेको थियो। दिल्लीले अघिल्ला दुवै खेल जितेको थियो।
त्यसअघि हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। हैदराबादका जोनी बेयर्स्टो सर्वाधिक ५३ रन बनाए। कप्तान डेभिड वार्नरले ४५ र केन विलियमसनले ४१ रन बनाए।
दिल्लीका बलर कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट लिए। राबडाले चार ओभरमा २१ रन मात्र खर्चिए।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com