काठमाडौं, असाेज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित रफ्तारमा बढिरहेका छन् ।

बिहीबार पनि यो क्रम रोकिएन । बिहीबार उपत्यकामा ९४३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंको घना जनघनत्वमा कोरोना संक्रमण आगो सरी फैलिँदै गएको यसबाट पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मात्र ८१७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञा खुलिसकेपछि आम मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरी सार्वजनिक रुपमा यत्रतत्र हिँड्दा कोरोना भाइरस फैलिने मौका पाएको छ ।

भाइरसको संक्रमण फैलिँदै जाँदा पनि सरकारले भने नियन्त्रणका थप उपायहरु बढाउन सकेको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.