कोरोनाकालमा उत्तर कोरिया आणविक क्षेप्यास्त्र बनाउँदै


एजेन्सी, असाेज १५ । सिंगो विश्व कोरोना भाइरस संक्रमणसंग जुधिरहँदा उत्तर कोरिया भने आणविक हतियार उत्पादनको काममा युद्ध गतिका साथ लागिरहेको छ ।

संयुक्त राष्ट्रसंघको एक रिपोर्टले उत्तर कोरियाले तिब्र गतिका साथ ब्यालेस्टिक मिसाइल विकास कार्यक्रममा लागिरहेको बताएको हो ।

रिपोर्टका अनुसार उसले आणविक हतियार पनि तयार पारिसकेको छ ।

सन २०२० को सुरुवातदेखि नै उत्तर कोरियाले शक्तिशाली हतियार निर्माण कार्यक्रम सुरु गरेको रिपोर्टमा उल्लेख भएको सिएनएनले जनाएको छ ।

संयुक्त राष्ट्र संघको रिपोर्ट अनुसार उत्तर कोरियामाथी लगाइएका तमाम प्रतिबन्ध बेअसर सावित भएका छन ।

किम जोंग उनले आफ्नो मिसन तिव्र गतिका साथ पुरा गरिरहेको रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्ट संयुक्त राष्ट्र संघको सुरक्षा परिषदद्वारा नियुक्त गरिएका मनिटरिङ एक्स्पर्टले तयार पारेका हुन ।

अन्तराष्ट्रिय प्रतिबन्धका बावजुद पनि किम जोंग उन सरकार प्रतिबन्धित बस्तुहरुको खरीद विक्रि गर्नमा सफल भएको सिएनएनले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope