चितवन, असोज १५चितवनमा बुधबार पनि ठूलो संख्यमा कोरोना संक्रमित थपिएका छन् । बुधबार मात्र चितवनमा ८४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र भरतपुर अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा ९ जना चितवन बाहिरका छने भने चिथवनका ५२ जना रहेका छन् । ५२ जना मध्य भरतपुर महानगरपालिकाका मात्र ४३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ५ जना, खैरहनी नगरपालिका २ जना, राप्ती र माडी नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजले जनाएको छ ।

उता भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना, राप्ती नगरपालिका–६ का ३ पुरुष र एक महिला गरी चार जना, खैरहनी नगरपालिका–५ र ६ का २ पुरुष र ३ महिला गरी ५ जना तथा रत्ननगर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.