काठमाडौं, असोज १६ । पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८२ हजार ४५० पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हाल सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित भएका थपिएका छन् ।
काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना संक्रमित थपिए ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com