कोरोना विरुद्ध खोप आए पनि जनजीवन सामान्य हुन समय लाग्ने वैज्ञानिकहरुको चेतावनी


एजेन्सी, असाेज १६ । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ ।

कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो ।

कोरोना महामारीको एक मात्र अचूक औषधी यस विरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् ।

तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुको भनाइ छ । खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उनीहरुको सुझाब छ ।

रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्नेमा उनिहरुले जोड दिएका छन् ।

अझ उक्त प्रतिवेदनले खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode