प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय


बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ ।

शुक्रबार सरकारका तर्फबाट प्रदेश-५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गराउनुभएको हो ।

मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेस भएको जानकारी दिनुभयो ।

प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।

गत पुसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गर्नुभएको थियो ।

पोखरेलकै आग्रहमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश-५ को राजधानी दाङ-देउखुरी तोक्न सहमत भएको बताइएको छ ।

वाग्मती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

उक्त प्रस्ताव प्रदेशसभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

यसअघि, गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेका छन् । प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेका छैनन् ।

प्रदेश-५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै अब उक्त विवाद टुंगिएको छ ।

प्रदेशसभाको अर्को बैठक यही असोज १९ गते बोलाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode