अमेरिकी निर्वाचनमा चार जनाले अन्तरिक्षबाट मतदान गर्ने
एजेन्सी, असाेज १६ । चार अमेरिकी अन्तरिक्षयात्रीले यो वर्ष हुने निर्वाचनमा अन्तरिक्षबाट मतदान गर्ने योजना बनाएका छन्। मतदानको परम्परालाई दिन उनीहरूले अन्तरिक्षबाटै मतदान गर्ने भएका हुन्।
निर्वाचनअगाडि नासामा जानेमध्ये पहिलो अन्तरिक्षयात्री हुन्, केट रुबिन्स। उनले दुई रुसी अन्तरिक्षयात्रीका साथमा १४ अक्टोबरमा रुसी सोयुज रकेट लञ्च गर्नेछिन्।
रुबिन्सले अन्तरिक्षयानबाटै मतदान गर्ने योजना बनाएको सञ्चारमाध्यमलाई बताएकी छिन्।
“सबैले मतदान गर्नु एकदमै जरुरी छ,” उनले भनिन्, “यदि हामी अन्तरिक्षबाट मतदान गर्न सक्छौँ भने अमेरिकाबाट पनि पक्कै सम्भव छ।”
रुबिन्ससँगै थप ३ अमेरिकी अन्तरिक्षयात्री माइक होप्किन्स, भिक्टोर ग्लोभर र शानोन वाल्करले पनि अन्तरिक्षबाटै मतदान गर्नेछन्।
उनीहरू स्पेस एक्सको क्रु ड्रागनको दोस्रो उडानमार्फत् जापानी अन्तरिक्षयात्री सोची नोगुचीसँग अन्तरिक्षका लागि प्रस्थान गर्नेछन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस