एजेन्सी, असाेज १७ । कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि स्पेनको राजधानीको मड्रिडमा आंशिक लकडाउन लागु भएको छ ।
मड्रिडका बासिन्दालाई अत्यावश्यक काम बाहेक शहर जान रोक लगाइएको छ । रेस्टुरेन्ट तथा बारलाई राति दश बजेपछि सञ्चालनमा रोक लगाइएको छ । सार्वजनिक स्थलमा छ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ ।
मड्रिडसँग जोडिएका अन्य नौ शहरमा पनि यो व्यवस्था लागू गरिएको छ । मड्रिडका बासिन्दाले कोरोना संक्रमणको उपेक्षा गरेको भन्दै स्थानीय प्रशासनले लकडाउन लागू गरेको हो । शुक्रबार स्पेनमा ११ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १ सय १३ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्ला दिनहरुमा औसत १० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिदै आएको छ । स्पेनमा हालसम्म ८ लाख १० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये ३२ हजारको मृत्यु भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com