प्रदेश राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलमा प्रदर्शन


बुटवल, असोज १७ ।  प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्न प्रदेशसभामा प्रस्ताव पेश गरेसँगै बुटवलमा प्रदर्शन सुरु भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेश गरे लगत्तै बुटवलमा बिभिन्न स्थानमा स्थानीयकासीले सडकमा टायर बालेर बिरोध प्रदर्शन गर्न सुरु गरेका छन् ।

प्रदेश गठनका बेला गुल्मी पाल्पालाई प्रदेश नम्बर ४ मा मिसाएर प्रदेश टुक्राउने चर्चा चलेपछि बुटवलले झण्डै १ महिना सशक्त आन्दोलन भएको थियो ।

निर्वाचनका बेला नेकपाका वर्तमान महासचिव बिष्णु पौडेलले बुटवललाई नै राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए भने त्यस यता पनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका पक्षमा लबिङ गरेपछि पौडेलले त्यसको प्रतिबाद गर्दै बुटवलबाट कुनै हालतमा प्रदेशको राजधानी अन्त जान नसक्ने बताउँदै आएका छन् ।

बुटवलमा राजधानीकै लागि बिभिन्न संघ संस्थाहरुले करोडौं लगानी गरेर बनाउका संरचनाहरु प्रदेशलाई हस्तान्तरण गरिसकेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope