अक्टोबर १५ देखि भारतमा सिनेमा हल सञ्चालन हुने


एजेन्सी, असाेज १७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले आकान्त बनेको भारतले १५ दिनपछि लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ ।

भारत सरकारले शर्तसहित १५ अक्टोबरदेखि सिनेमा हल, मल्टिप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जनस्थल खोल्ने निर्णय गरेको हो ।

मनोरञ्जनका सबै क्षेत्र खोल्ने अनुमति दिए पनि भारतले त्यसका लागि केही शर्त भने बनाएको छ । सिनेमा, थिएटर र मल्टिप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सिट भर्न पाइने छैन । सरकारले आधा सिट खाली हुनुपर्ने बताएको हो । यसका लागि सरकारले छुट्टै निर्देशिका नै जारी गर्ने छ ।

भारतले केही शर्तसहित एक सय भन्दा धेरैलाई जमघटको लागि अनुमती दिने तयारीसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकापछि कोरोना भाइरसले सबैभन्दा प्रभावित भनिएको भारतले यसको रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनको अन्त्य गर्दै यस्तो निर्णय गरेको हो ।

सँगै भारत सरकारले १५ तारिखदेखि स्कुल र कलेज खोल्ने निर्णय गरेको छ । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारले अनलाइन कक्षा र दूरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको छ । यो पढाइ पद्धतिलाई प्रोत्साहन गरिएको जनाए पनि भारतले विद्यालय खोल्न अनुमति राज्य र स्कुललाई नै दिएको हो ।

कोरोना संक्रमित धेरै भएका ठाउँमा भने लकडाउन अक्टोबर ३१ सम्म कडाईंका साथ लागू गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope