प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट आयाे


काठमाडौं, असाेज १८ । प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा पनि चासो बढेको थियाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस कोभिड-१९ को संक्रमण भएको पुष्टि भउ पछि उहाँकाे पनि पीसीआर परिक्षण गरिएकाे थियाे ।

सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि, बिहीबार, स्वाब लिएर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका चिकित्सक डा दिलीप शर्माले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope