बालुवाटारमा कोरोना अपडेट: प्रधानमन्त्रीको सचिवालयका पाँचसहित ७५ जना संक्रमित


काठमाडौं, असोज १८ । प्रधानमन्त्रीको सचिवालयका पाँचजना सदस्यसँगै ६७ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास सुरक्षार्थ तैनाथ ६७ जना सुरक्षाकर्मीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्रीका तीन सल्लाहकारहरु विष्णु रिमाल,डा. राजन भट्टराई र सूर्य थापालाई कोरोना पुष्टि भएको थियो।

त्यसैगरी प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना देखिएको छ। यसअघि प्रधानमन्त्री कार्यालयकै फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना देखिएको थियो। स्रोतका अनुसार शनिबार आएको रिपोर्टमा बालुवाटारको सुरक्षामा तैनाथ नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, नेपाल प्रहरीका २१ जनालाई कोरोना देखिएको छ। 

प्रधानमन्त्रीका सल्लाहकारलाई कोरोना संक्रमण

त्यस्तै बालुवाटारभित्रै खटिएका राष्ट्रिय अनुसन्धान विभागका तीनजनालाई पनि कोरोना भएको छ। यससँगै बालुवाटारभित्रै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि ठूलो संख्यामा बालुवाटारमा कोरोना देखिएको हाे । बालुवाटारमै तैनाथ अन्य करिब ५० जनाको रिपोर्ट आइसकेको छैन। यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन्। 

कसरी फैलियो कोरोना ? 

बालुवाटारभित्र सुरक्षाकर्मीको ब्यारेक र सामूहिक भान्साबाट कोरोना फैलिएको अनुमान गरिएको छ। प्रधानमन्त्रीका तीन सल्लाहकार सहित पाँच जनामा उनीहरुका ड्राइभरबाट कोरोना सरेको हुन सक्ने अनुमान बालुवाटारको छ। प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजागाईंले सुरक्षाकर्मीहरुको सामूहिक मेस र ब्यारेकबाट कोरोना फैलिएको हुन सक्ने बताए।

उनले प्रधानमन्त्रीका सल्लाहकार टोलीमा उनीहरुकै ड्राइभर र सुरक्षाकर्मीहरूबाट कोरोना सरेको हुन सक्ने आँकलन गरे।  प्रधानमन्त्री ओली र पत्‍नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ बालुवाटारमा देशका चारै सुरक्षा निकायका सदस्यहरु तैनाथ छन्। त्यहाँ प्रधानमन्त्री र बालुवाटार परिसरको समग्र सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिएको छ। 

उनीहरुको ब्यारेक पनि बालुवाटारभित्रै रहेको छ। त्यहीँ सामूहिक मेस रहेको छ। काठमाडौं उपत्यकामा धेरै कोरोना संक्रमण सुरक्षाकर्मीको ब्यारेकहरुमा देखिएको छ। बालुवाटारमा पनि व्यारेकबाटै कोरोना फैलिएको बताइएको हो। 

यद्यपि प्रधानमन्त्रीको निजी सुरक्षाका लागि तैनाथ टोलीमा भने कोरोना संक्रमण देखिएको छैन। त्यसैगरी बुधबार गरिएको परीक्षण अनुसार प्रधानमन्त्री केपी ओली, पत्‍नी राधिका शाक्य, स्वकीय सचिवहरु राजेश बज्राचार्य र दीपेन्द्र दाहालको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode