बुटवल, असोज १८ । बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध नेपाली काँग्रेससहित विभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवल उपमहानगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
स्थानीय प्रशासनले शनिबार साँझ प्रकाशन गरेको सूचनामा प्रदेश सारेको बिरोधमा भएको आन्दोलनमा सरकारी सवारी साधन ताेडफोड, मसाल जुलुस तथा सडकमा टायर बाल्ने जस्ता कार्य भएको भन्दै प्रदेश ५ प्रदेशसभा भवन सहित प्रदेश मन्त्रालयका आसपासका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
आइतबार बिहान ६ बजेबाट २१ गते बेलुका ६ बजे सम्म लागुहुने गरि निषेधित क्षेत्रमा नारा, जुलुस, बिरोध प्रदर्शन गर्न नपाउने प्रशासनले आदेश जारी गरेको छ ।

५ जना भन्दा बढी एककृत भएर हिंडडुल समेत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सुचनामा उल्लेख छ ।
प्रशासनले प्रदेश सभाको भवन क्षेत्रअन्तर्गत दक्षिण ईट्टाभट्टी चौक, उत्तर कालिका मन्दिर चौक, पूर्वमा कालिका मन्दिरदेखि कालिका मन्दिर र पश्चिममा तिनाउ खोला सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यसैगरी विभिन्न प्रदेश मन्त्रालय रहेको क्षेत्र अन्तर्गत दक्षिणमा सुन्दर चौक, उत्तरमा भुट्की चौक, पश्चिममा हाटबजार लाईन र पूर्वमा सिद्धार्थ राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत दक्षिणमा जेसिस चौक, उत्तरमा बिद्युत लाईन हाटबजार चौकसम्म, पश्चिममा हाटबजार लाईन र पुर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
प्रशासनले तोकेको निषेधित क्षेत्रमा सभा, प्रदर्शन तथा नारा लगाएर स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com