काठमाडौँ , असाेज १८ । मुलुकका केही स्थानमा आइतबार हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आइतबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भएको भइरहेको छ।

वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.