एजेन्सी, असाेज १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार राति १० खेलाडीमा सिमित युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले फराकिलो हार व्यहोरेको हो ।
खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई टोटेनहमका सान्चेजले पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
तर, खेलको चौंथो मिनेटमा टानगुए एनडोमबेलेले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । खेलको सातौं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।
२८ औं मिनेटमा मार्सियल रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा समेटियो । जसको फाइदा टोटेनहमले उठायो ।

खेलको २० औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । ३७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा टोटेनहम ४-१ ले अघि रह्यो ।
खेलको ५१ औं मिनेटमा सर्जी अरियरले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को सानदार जित दिलाए ।
जितसँगै टोटेनहम ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहको यो दोस्रो जित हो ।
युनाइटेडको यो दोस्रो हार हो । ३ खेलमा ३ अंक जोडेको युनाइटेड १६ औं स्थानमा रहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com