एजेन्सी, असाेज १९ । फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि नयाँ प्रतिबन्धात्मक नियम लागु गरिएको छ ।

संक्रमण नियन्त्रणका लागि दुई हप्ताका लागि प्रतिबन्ध घोषणा गरिएको हो । संक्रमण बढ्दै गएपछि मंगलबारदेखि बारहरु पूर्ण रुपमा बन्द गर्ने घोषणा पेरिसका नगरप्रमुखले गरेका हुन । मार्सेइली शहरले यसअघि नै बार तथा रेस्टुरेन्टहरु बन्द गरेको छ ।

फ्रान्ससहितका युरोपेली मुलुकहरुमा कोरोना भाइरस महामारीको दोस्रो लहर चलेको छ । फ्रान्समा आइतबार एकै दिन १२ हजार ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । फ्रान्समा हालसम्म ६ लाख १९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणवाट ३२ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.