बुटवल, असाेज १९ । नेपाली कांग्रेसको तोडफोड र होहल्लाका कारण ५ नं. प्रदेश सभाको बैठक भोलि मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू आज प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए।
आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो। तर, कांग्रेसले लगातार विरोध जारी राखेपछि असोज २० गते मंगलबार मध्यान्ह १२ बस्ने गरी आजको बैठक सम्पन्न भएको सभामुख पूर्णबहादुर घर्तीले जनाउ दिए।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा विशेष समितिले तयार पारेको प्रतिवेदअनुसार प्रस्ताव आएको भन्दै सहमति जनाउन आग्रह गरेका थिए। आवेगले नभई विवेकले काम गर्न र इतिहासको मजाक नउडाउन कांग्रेस सदस्यहरूलाई सचेत गराउँदै उनले सभामा भएको अमर्यादित व्यवहारप्रति खेद प्रकट गरे।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com