काठमाडाैं, असाेज १९ । सबै कार्यको लागी सोमवार शुभ मानिएको छ । यस दिन जन्मिने बच्चाहरु निकै राम्रो व्यवहार भएको, मायालु र कुशल हुने गर्दछन् । यस दिन दक्षिणबाट पश्चिमको दिशामा यात्रा गरियो भने सफलता‍ प्राप्त हुने गर्दछ । चन्द्रमाको सम्बन्ध दूध–पानीसँग रहन्छ । चन्द्रलाई भगवान शिवले सिरमा धारण गरेका छन । यसरी चन्द्रको सीधा सम्बन्ध भगवान् शिवसँग रहेको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने गर्दछ ।

कष्ट निवारणको लागी यस्तो गर्नुहोस् :
१) शिवलाई जल या दूधको अभिषेक गर्नु पनि राम्रो मानिएको छ । २) मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् । ३) चामल, दूध, चाँदी दान गर्नुहोस् ४) चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ । ५) खीर खानु पनि शुभ हुन्छ । ६) जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् । ७) चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

ह्रदयघात हुनुका कारण र रोकथाम
तपाईको सानो कमजेरीले जान सक्छ अमुल्य ज्यान । ह्रिदयघात कारण र राेकथाम=अमलपित्तका बारेमा धेरै भनिरहनु पर्दैन । सामान्यत पेटमा यसकाे बृध्दी हुनाले छाती पाेल्ने पेटपाेल्ने समस्या हिजाे अाज सामान्य नै भएकाे छ । तर याे अचाक्ली बढ्याे र यसले अति अम्लियता (Hyper acidity) काे रुप लियाे भने सजग हुन जरुरी छ किन पनि भने अब हामी ह्रिदयघातकाे सम्भावनाकाे नजिक पुगेका छाैं । पेटमा भएकाे अम्लिय पनकाे वृध्दि भइ याे रगतका माध्यमबाट मुटुमा जम्मा भइ त्यहीं थेग्रेर बस्दछ । याे थेग्राइ कै कारण मुटुमा भएका रक्तवाहीनी नलिहरु जाम भइ रक्त संचारकाे काम गर्न सक्दैनन् । जसका कारण ह्रिदयाघात हुने गर्दछ ।

राेक थामकाे उपाय:=अम्ल (Acid) लाइ क्षार(Alkaline)ले नियन्त्रण गर्दछ । अम्लियपन भएकाे वस्तुमा क्षारिय तत्व मिसाउने हाे भने अम्लिय तत्व शून्यमा परिणत हुन्छ । महर्षि बागभट्ठले अाफ्नाे अष्टांग ह्रिदयम् पुस्तकमा ह्रिदयाघातका कारण र राेक थामका उपाय बारे बिस्तारित रुपमा उल्लेख गरेकाछन् । हाम्राे भान्सामा अम्लिय तत्वलाइ नाश गर्ने क्षारिय गुण भएका थुप्रै वस्तुहरु छन तर अज्ञानताका कारण हामी रुमलिएका छाैं । त्यसै मध्येकाे एउटा लाैका पनि हाे । लाैका क्षारिय तत्व प्रचुरमात्रामापाइने तरकारी हाे । नियमित बिहान खाली पेटमा एक गिलास लाैकाकाे जुस तिन कहिनासम्सेम सेवन गर्ने बानी बसाल्ने हाे भने ह्रिलयाघातकाे सम्भावनाबाट हामी काेसाैं टाढा रहन सक्दछाै‌ं ।

लाैकाकाे जुसलाइ अझ क्षारिय बनाउने हाे भने जुसमा ७ देखी१० वटा तुलसीकाे पात र स्वद अनुसार बिरे वा सिधे नुन मिलाएर सेवन गरे हाइपर एसिडिटि निर्मूल भएर जानेछ । तुलसीकाे पात बिरे नुन सिधेनुन सबै क्षारिय तत्वका राम्रा श्राेत हुन । तर बिर्सेर पनि जुसमा हामीले नियमित तरकारीमा प्रयाेग गर्ने नुनकाे प्रयाेग नगर्नु हाेला । अायाेडाइज यस्ताे नुन अम्लिय तत्वकाे ठुलाे श्राेत हाे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.