अनशन तोड्न सरकारले गरेको आग्रह डा केसीद्वारा दोस्रो पटक पनि अस्वीकार


काठमाडाैं, असाेज २० । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरतमा बसेको २३ औं दिनमा सरकारी प्रतिनिधिमण्डलले बल्ल डा.गोविन्द केसीसँग भेट गरेको छ ।

वार्ताका लागि कुनै ठोस पहल नगरेको सरकारी प्रतिनिधि आज अपरान्ह उहाँ अनशनरत काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

 माग सम्बोधनका लागि कुनै ठोस योजना बिना नै अनशनस्थल पुगेको शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले डा केसीलाई अनशन तोड्न आग्रह गरेको थियो । 

डा केसीले सरकारले आफ्ना मागबारे छलफल गर्ने भए आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने बताउनुभयो । डा केसीको भनाई उद्धृत गर्दै उहाँका सहयोगी प्रितम सुवेदीले भन्नुभयो, यस अगाडि नै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले पनि सोही आग्रह गरिसकेको र आफूले जवाफ पनि दिइसकेकोले त्यही कुरा भन्नका लागि पुन: दुख पाउन पर्दैनथ्यो ।

६ बुँदे मागसहित १९ औं पटक सत्याग्रहमा बसेका डा.केसीको जीवन रक्षा गर्न भन्दै विभिन्न दलका नेता, बुद्धिजिवी, अधिकारकर्मी लगायतले सरकारको ध्यानाकर्षण गराएका छन् । अनसनकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा. केसीको स्वास्थ्य गम्भीर र संवेदनशील मोडमा पुगेको भन्दै उनीहरुले कोरोना महामारीका बीच उहाँको समर्थनमा सुरु आन्दोलनले थप गम्भीर मोड लिने तर्फ सचेत गराएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope