ब्ल्याक होलको अनुसन्धानमा संलग्न तीन बैज्ञानिकलाई नोबेल पुरस्कार


एजेन्सी, असाेज २० । यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन् । यूकेमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए । गेन्जेल र गेजले आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए ।

ब्रह्माण्डबारे गरिएका अनुसन्धानहरूका लागि गत वर्ष तीन वैज्ञानिकले संयुक्त रूपमा भौतिक शास्त्रमा उक्त पुरस्कार पाएका थिए । जेम्स पीबल्सलाई ब्रह्माण्डको क्रमविकास तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको एउटा ग्रह पत्ता लगाएकाले उक्त पुरस्कार दिइएको थियो ।

अर्बौँ वर्षअघि भएको एउटा अद्भुत घटनामा आठवटा सूर्यको ऊर्जा एकैचोटि निस्किएको थियो । सोही कारण पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लागेको थियो । सोमवार चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम घोषणा भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope