सर्वोच्चको इजलास प्रभावित हुँदा वामदेवको मन्त्रीको च्याप्टर तत्कालका लागि स्थगित


काठमाडाैं, असाेज २० । सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम तत्कालका लागि मन्त्री बन्ने सम्भावना क्षीण भएको छ। 

न्यायाधीश पुरुषोत्तम भण्डारीलगायत इजालसका कर्मचारी संक्रमित भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा होम आइसोलेसनमा बस्दा गौतमको मन्त्री बन्ने ‘च्याप्टर क्लोज’ भएको हो।

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको तथा सर्वोच्चले अघिल्लो साता थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि सो मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ। 

“वामदेवलाई मन्त्री बनाउन हुने कि नहुने भन्ने मुद्दा संवैधानिक इजालसमा छ तर सो इजालसका अध्यक्ष प्रधानन्यायधीश हिजोवाट होम आइसोलेसनमा हुनुहुन्छ,’ सर्वोच्च स्रोतले भन्यो, “सोही कारण संवैधानिक इजालस बस्दैन, सो इजालस नबस्दा उहाँको मुद्दाको कुनै निर्णय हुन सक्दैन।”

प्रधानन्यायधीश होम आइसोलेसनमा बसेपछि गौतमको मुद्दा किनारा नलाग्ने भएका कारण आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठनमा उनी पर्ने छैनन्।

संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय त्रुटीपूर्ण भएको भन्दै परेको गौतम विरुद्धको मुद्दा संवैधानिक इजालसमा ‘हेर्दा हेर्दै’ को अवस्थामा छ। 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच सहमति भए पछि आजै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope