एक दिनका लागि १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री


एजेन्सी, असोज २२ ।  फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री बनेकी छन् । ति भाग्यमानी किशोरी हुन आभा मुर्तो ।

प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन् । प्रधानमन्त्रीको पद हस्तान्तरण गरेपछि संसारले हेरेको छ ।

कि अब उनले कस्तो काम गर्ने छिन रु तर १६ बर्षिया आभा मुर्तोलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको छ । संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो । एक दिनको प्रधानमन्त्री हुँदा आफूले गौरवको अनुभुति गरेको बताएकी छन्।

बैठकपछि पत्रकारका प्रश्नको जवाफ पनि शानदारढंगले दिएकी छिन्। आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् । उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन्। हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। महिलाहरुको बहुमत रहेको मन्त्रिपरिषदमा अन्यमन्त्री पनि कम उमेरका नै रहेका छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope