राजदूत नियुक्ती विवादपछि मन्त्रिमन्डल पुनर्गठनमा अन्योल


काठमाडौं, असोज २२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो स्थायी कमिटी बैठकले निर्णय गरेपछि मन्त्रिमन्डल पुनर्गठनको चर्चा सुरु भएको थियो ।

तर, स्थायी कमिटीले प्रस्ताव पारित गरेको तीन साता बितिसक्दा पनि मन्त्रिमन्डल पुनर्गठनको विषयले ठोस आकार लिनसकेको छैन ।

पार्टीको सचिवालय बैठकले स्थायी कमिटीको बैठकको ‘म्यान्डेट’अनुसार मन्त्रिमन्डल पुनर्गठनबारे एउटा बैठकमा छलफल गरेपनि त्यसपछिका बैठकमा छलपफल समेत हुन सकेकाे छैन । यसले मन्त्रिमन्डल पुनर्गठनमा अन्योल देखिएको छ ।

पार्टीको आन्तरिक एकता सुदृढीकरणका लागि भन्दै भदौ २६ गते सकिएको स्थायी कमिटीको निर्णय र २९ गते जारी गरिएको १५ बुँदे सहमतिपत्रको एक महत्वपूर्ण बुँदा हो, मन्त्रिमन्डल पुनर्गठन ।

स्थायी कमिटीको निर्णय र सहमतिपत्रको म्यान्डेटअनुसार असोज ४ गते पार्टीको सांगठनिक कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमन्डल पुनर्गठनबारे सैद्धान्तिक र नीतिगत छलफलसमेत भयो । तर, त्यसपछि बसेका सचिवालय बैठकमा पुनर्गठनसम्बन्धी छलफल नै भएन ।

हुन त पछिल्लो स्थायी कमिटी बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहेको छ । अध्यक्षद्वयबीच हुने छलफल प्रायः मन्त्रिमन्डल पुनर्गठनमै केन्द्रित हुने गरेको छ ।

तर, मन्त्रिमन्डल पुनर्गठनसम्बन्धी अध्यक्षद्वयको छलफलले अझै ठोस आकार लिनसकेको छैन ।

असोज ४ गतेको सचिवालय बैठकले मन्त्रिमन्डल पुनर्गठनका लागि सहमति जुटाउन अध्यक्षद्वयलाई जिम्मा दिएपनि त्यसपछिका बैठकमा उहाँहरुले मन्त्रिमन्डल कहिले पुनर्गठन हुन्छ भनेर सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको छैन ।

अध्यक्षद्वयबीच नै सहमति जुट्न नसकेको कारण मन्त्रिमन्डल पुनर्गठन बैठकको एजेन्डा बन्न नसकेको सचिवालयका सदस्यहरुको भनाइले पनि स्पष्ट गर्छ ।

पटक–पटकको छलफलबाट पनि अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा मन्त्रिमन्डल पुनर्गठनमा अन्योलता छाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode