डा. केसीका प्रतिनिधि र सरकारबीच आजपनि वार्ता


काठमाडाैं, असाेज २३ । चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत डा गोविन्द केसी र सरकारी पक्षबीच आजपनि वार्ता हुँदैछ ।

हिजो देखि जारी वार्ता सकारात्मक ढंगले नै अघि वढेको दुवै पक्षले बताएका छन् । यद्यपी चिकित्साशास्त्र अध्यन संस्थान आईओएममा वरिष्ठता मिचेर नियुक्त गरिएका डा. दिव्यसिंह शाह र निर्देशक डा. दिनेश काफ्लेलाई बर्खास्ती सम्वन्धी विषयमा सहमति हुन सकेको छैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण वृद्धि, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन, लगायतका विषयमा भने वार्ता सकारात्मक भएको डा. केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

सरकारी बार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपीनाथ मैनालीले पनि अधिकांश विषयमा वार्ता सहमति उन्मुख भएको बताउनुभयो । आज थप आन्तरिक छलफल पछि वार्तामा बस्ने मैनालीको भनाई छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope