काठमाडौं, असोज २३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या १००,६७६ पुगेको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै १,११६ जना रहेका छन् । ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ५६ जिल्लाका २,०५९ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.