काठमाडौं, असाेज २३ । धितोपत्र बजारमा ६ कम्पनीहरुले लिलामी प्रकृयाबाट शेयर विक्री गर्न लागेका छन् ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेशनल माइक्रोफाइनान्स, सिभिल बैंक, नेको इन्स्योरेन्स, नेपाल क्लियरिङ हाउस र सिभिल लघुवित्तले लिलामी प्रकृयाबाट शेयर विक्री गर्ने भएका हुन । ६ कम्पनीहरुमध्य सिभिल लघुवित्तले असोज २५ गतेदेखि विक्री खुला गर्दैछ भने बाँकीले विक्री खुला गरिसकेका छन् ।

 सिभिल लघुवित्त वितरण हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ८९ हजार ४५० कित्ता हकप्रद शेयर कात्तिक २ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो । दोस्रो बजारमा सिभिल लघुवित्तको सर्वसाधारण तर्फको शेयरमूल्य प्रतिकित्ता ७२४ रुपैयाँ रहेको छ ।

बजारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि कात्तिक ६ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।

प्रतिकित्ता न्युनतम मूल्य  ११० रुपैयाँ तोकिएको एनसीसी बैंकको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । दोस्रो बजारमा बिहीवार एनसीसी बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता  ११६ रुपैयाँ रहेको छ ।

त्यस्तै , सिभिल बैंक लिमिटेडले असोज १६ गते संस्थापकतर्फको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर असोज ३० गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको छ । सिभिलको यो शेयरको मूल्य प्रतिकित्ता  १०० रुपैयाँ मूल्य तोकिएको छ । उक्त मूल्यलाई आधार मानेर न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल गर्न सकिनेछ । सिभिलको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ नै रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.