एक हप्तामा १० हजार बढी सङ्क्रमित थपिए, दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह


काठमाडौं, असोज २३ ।  निषेधाज्ञा हटेपछि काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको उहाँले बताउनुभयो ।

उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको उहाँले बताउनुभयो ।

बाहिरी जिल्लाबाट आएपछि दुई हप्ता अनिवार्य होम क्वरेण्टीनमा बस्न भनिए पनि त्यसको पालना नभएको उहाँले बताउनुभयो । यस्तै उहाँले उपत्यकाका अस्पतालका शय्या लगभग भरिसकेकाले अति आवश्यक नपरि अस्पताल नजान आग्रह गर्नुभयो ।

समस्या परिहाले टोल फ्री नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३७ तथा ९८५१२५५८३९ सम्पर्क गर्न पनि उहाँको आग्रह छ ।

यसैगरी उहाँले सकेसम्म चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गर्नुभयो । दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह छ । सार्वजनिक ठाउँमा हालिएका पिङ धेरैले प्रयोग गर्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने भन्दै पिङ नहाल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार पाँच सय जनासहित देशभर चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope