नेपालमा ४० देखि ५० बर्षका महिलामा धेरै स्तन क्यान्सर


काठमाडौं, असोज २४ । नेपालमा पनि अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध सचेतना अभियानका रुपमा मनाउन शुरु गरिएको छ ।

‘क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ’ भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाउन शुरुआत गरेका हुन् ।

पछिल्लो समय गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै महिला पीडित हुनु परेको जनाइएको छ ।

सचेतना अभियानमा क्यान्सर के हो रु यो किन हुन्छ रु के कस्ता उपाय अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ रु रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने सोसाइटीका अध्यक्ष प्रमिला खनालले जानकारी दिनुभयो ।

उहाँले आफूहरुले क्यान्सरका बिरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको बारेमा सचेत गराउने काम गर्दै आएको बताउनुभयो ।

योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने जानकारी दिनुभयो ।

उहाँले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने जानकारी दिनुभयो ।

नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ । रासस


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode