यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय


एजेन्सी, असाेज २४ । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ ।

विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ ।

द्वन्द्व अन्त्य गर्न, शान्ति स्थापना गर्न, राष्ट्रहरुबीचमा सम्बन्ध सुधार्न भूमिका खेल्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने यस सम्मानित पुरस्कार यस वर्षका लागि भने विश्व खाद्य कार्यक्रमका लागि दिइने भएको हो ।

१० लाख अमेरिकी डलरको यो पुरस्कार भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई दिने निर्णय गरिएको नर्वेजियन नोबेल कमिटीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको उल्लेख गरिएको छ ।

यसअघि यस पुरस्कारबाट एम्नेष्टी इन्टरनेशनल, युरोपियन युनियन, अमेरिकी पूर्वराष्ट्रपतिहरु बराक ओबामा, जिम्मी कार्टर, मलाला यूसुफजाई, कोफी अन्नान, नेल्शन मण्डेला, मार्टिन लुथर किंङ जुनियरलगायत सम्मानित भइसकेका छन् ।

यसअघि नोबेल साहित्यतर्फ अमेरिकी कवि लुईस ग्लुक, रसायन शास्त्रतर्फ इम्यानुएल चार्पेन्टियर र जेनिफर ए. डोड्ना, भौतिक शास्त्रतर्फ ब्ल्याक होलको खोजीका लागि रोजर पेनरोज, रेइनहार्ड जेनजेल र एन्ड्रिया घेज, मेडिसिनतर्फ हार्वे जे अल्टर, माइकल ह्यूटन र चाल्र्स एम राइसलाई आ–आफ्नो खोजका लागि प्रदान गर्ने घोषणा गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope