काठमाडौं, असाेज २५ । सरकारले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्ठप्रसाद रिजाललाई मानोनीत गर्ने निर्णय गरेको छ।
असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
सोही बैठकले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा. बाबुराजा आमात्य र राष्ट्रिय आयुर्वेद तथा तालिम विकास समितिको अध्यक्षमा प्रा.डा. देवबहादुर रोका क्षेत्रीलाई मनोनीत गर्ने निर्णय गरेको छ।
यसैगरी औषधि परामर्श परिषद्का सदस्यहरूमा प्रा.डा. संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई मनानीत गरिएको प्रवक्ता ज्ञवालीले बताए।
उक्त निर्णयहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गरिएको उनले जानकारी दिए।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com