जाडोमा कोरोना झन् जटिल हुने भन्दै सतकर्ता अपनाउन आग्रह

२६ आश्विन २०७७, सोमबार ०५:५४

काठमाडौ, असाेज २६ । सरकारले जाडो मौसम सुरु भएसँगै कोरोना संक्रमणले अझै जटिल रुप लिने भन्दै सतकर्ता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले जाडो मौसममा कोरोना संक्रमण झन् जटिल हुने भन्दै सावधानी अपनाउन आग्रह गरेका हुन ।

चिसो याममा स्वास्थ्य समस्याका रुपमा देखा पर्ने रुघाखोकी र कोरोना छुट्याउन मुस्किल हुने भएकाले विशेष ध्यान दिनुपर्ने गौतमको भनाइ छ ।

अहिलेसम्म खोप नआएकाले कोरोनालाई ख्याल ठट्टा नसम्झिन पनि मन्त्रालयले आग्रह गरेको छ । संक्रमित बढदै जाँदा उपत्यकामा उपचार गर्न समेत समस्या हुन थालेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंसहित देशका घना बस्तीहरुमा फैलिरहेकाले अझै उच्च सतर्कता आवश्यक रहेको प्रवक्ता गौतमको भनाइ छ । मन्त्रालयले ६० वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगी, बालबालिका, सुत्केरी र गर्भवती महिलालाई घर बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.