मदिरा तथा महँगा सवारी साधनको आयात खुला


काठमाडौ, असाेज २६ । सरकारले तयारी मदिराको आयात खुला गरेको छ । करिब सात महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एबं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनको आयातसमेत खुला गर्ने निर्णय जानकारी दिए । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिति कम हुने भन्दै सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । यसैगरी कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा वशिष्ठ प्रसाद रिजाललाई नियुक्त गरिएको छ भने सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा बाबुराजा अमात्य नियुक्त गरिएको छ ।

औषधी परामर्श परिषदका सदस्यहरुमा संघरत्न बज्राचार्य,बाबुराम हुमागाई, दिपकप्रसाद दाहाल नियुक्त भएका छन । यसैगरी राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र विकास समितिको अध्यक्षको जिम्मेवारी डा देवबहादुर रोका क्षेत्रीलाई दिइएको छ । त्यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope