कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

काठमाण्डौ, असाेज २७ । तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् ।
कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् ।
यदी रोजगारदाताले कतार पोर्टलमार्फत तपाईँलाई प्रवेशको अनुमति लिइदिएमा तपाईँ कतार जान पाउनुहुनेछ ।
तर रोजगारदाताले प्रवेशको अनुमति नलिएमा तपाईँले पुनः श्रम स्वीकृति लिंदैमा कतार प्रवेश गर्न पाइनेछैन् । नयाँ रोजगारीमा श्रमिक लैजाने सम्बन्धमा कतारले केही भनेको छैन ।
रोना महामारी सुरु भएपछि कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस