डब्लुएचओद्वारा महामारीविरुद्ध सामूहिक प्रतिरक्षा ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज


एजेन्सी, असाेज २७ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ ।

डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमतायुक्त बन्ने तर्कको खारेज गरेका हुन् ।

समुदायको ठूलो हिस्सा खोप मार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक रोगविरुद्ध प्रतिरोधात्मक क्षमता युक्त बन्ने अवधारण गलत भएको उनको भनाइ छ । यस्तो अवधारणा बैज्ञानिक नरहेको समेत गेब्रेयेसोसले बताएका छन् ।

भाइरसलाई त्यसै फैलिन दिनुको अर्थ मानिसहरुलाई संक्रमित हुन, समस्या पर्न र मर्न दिनु रहेको उनको भनाइ छ । भाइरसविरुद्ध विश्वभर एक सयवटा खोप विकासको क्रममा रहेको डब्लुएचओले जनाएको छ । त्यसमध्ये धेरै मानवीय परीक्षणको विभिन्न चरणमा छन् ।

तर अहिलेसम्म कुनै पनि खोपले स्वीकृति पाएका छैनन् । कोरोनाबाट विश्वभर अहिलेसम्म तीन करोड ७८ लाख भन्दा बढी मािनस संक्रमित भएका छन् । १० लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope