बागमती प्रदेशमा कोरोना संक्रमित ५० हजार नाघे, काठमाडौंमा मात्रै साढे ३५ हजार


काठमाडौं, असाेज २७ ।  बागमती प्रदेशमा कोरोना संक्रमितको  संख्या ५० हजार नाघेको छ।

  सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार ५२ हजार १२ पुगेको छ। यो असोज २६ गतेसम्मको तथ्यांक हो। 

सोमबार मात्रै प्रदेशका १३ जिल्लामा दुई हजार ६ सय १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार सबै भन्दा धेरै संघीय राजधानी काठमाडौंमा ३५ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।

ललितपुरका चार हजार ९ सय ८४, भक्तपुरका तीन हजार चार सय ७६, चितवनका तीन हजार ८०, मकवानपुरका एक हजार ९ सय ३३, काभ्रेपलाञ्चोकका नौ सय ३३, धादिङका ६ सय ६८, नुवाकोटका तीन सय २०, सिन्धुपाल्चोकका दुई सय ६५, सिन्धुलीका दुई सय ६४, रामेछापका दुई सय ५३, दोलखाका एक सय ७३ र रसुवाका ३२ जनाका संक्रमण पुष्टि भएको छ। 

बागमतीमा हालसम्म कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या २९ हजार ३ सय ८९ छ।  २२ हजार ३ सय ५० जना उपचाररत छन्। प्रदेशमा संख्या दुई सय ७३ जनाको ज्यान गइसकेको छ।  जसमा काठमाडौंमा १३७ जनाको ज्यान गइसकेको छ। त्यस्तै भक्तपुरमा २८ र ललितपुरमा ३९ जनाको ज्यान गएको छ।     


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope