कोरोना विरुद्धको लडाइँमा समर्पित ३१ सयभन्दा बढी सेनामा सङ्क्रमण


काठमाडौं, असाेज २७ । नेपाली सेनाका ३ हजार १४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। नेपाली सेनाको कूल संख्याको ३.२७ प्रतिशतमा संक्रमण देखिएको छ। ९६ हजारको हाराहारीमा नेपाली सेनाको संख्या छ। 

“अहिलेसम्म ३ हजार १४२ सैनिकलाई कोरोना संक्रमण भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए, “सेनाभित्र सक्रिय संक्रमितको संख्या १ हजार ४६७ रहेको छ।” 

नेपाली सेनाले सुरुदेखि नै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ। चीनका वुहानबाट उद्धार गरेर ल्याइएका नेपाली विद्यार्थीको व्यवस्थापन र रेखदेख पनि सेनाले गरेको थियो। 

नेपाली सेनाभित्र पहिलो पटक कोरोना संक्रमण जेठ ३ गते देखिएको थियो। “कोरोना संक्रमित सैनिकमध्ये १ हजार ६७३ जना निको भइसकेका छन्। बाँकी सक्रिय सैनिकको स्वास्थ्य अवस्था पनि सामान्य छ,’ सैनिक प्रवक्ता पौडेलले भने। 

कोरोना संक्रमित सैनिकमध्ये हालसम्म दुई जनाको मृत्यु भएको उनले जनाए। मृत्यु भएका मध्ये एक जनामा चार वर्षदेखि ब्लड क्यान्सर थियो भने अर्का एक जनामा छारे रोग देखिएपछि उपचारका क्रममा कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो।

“नेपाली सेनाको सबैभन्दा ठूलो संख्या काठमाडौं उपत्यकामा छ। करिब १६ हजार संख्यामा यहाँ सेना रहेको छ। यसैकरण पनि संक्रमित सैनिकको संख्या उपत्यकामा बढी छ,” उनले भने। 

सैनिकहरुमा कोरोना संक्रमण बढ्दै गएका कारण थप सुरक्षित हुन केही स्थानमा क्वारेन्टाइन तथा आईसोलेसनको व्यवस्था गरिएको उनले जनाए। सूर्यविनायक, खरीपाटी लगायतका स्थानमा यस्तो व्यवस्था गरिएको छ। लक्षण देखिएका तथा स्वास्थ्य स्थिति गम्भीर भएका संक्रमितलाई भने छाउनीस्थित सेनाको वीरेन्द्र अस्पतालमा उपचार गरिँदै आइएको छ। 

कोरोना संक्रमणका कारण केही दिनअघि राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत अफ्रिकी राष्ट्र लिविया जान लागेको नेपाली सेनाको टोली रोकिएको थियो। लिविया जान लागेका ३५ जनाभन्दा बढीमा संक्रमण देखिएपछि उडान स्थगित गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। संक्रमितमध्ये ६३६ जनाको मृत्यु भइसकेको छ। हालसम्म ७५ हजार ८०४ जना संक्रमित निको भइसकेका छन्। देशभर अहिले कोरोना भाइरसका ३१ हजार ३१५ संक्रमित उपचारत छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope