म्याचिङ नहुँदा शुरु भएन जनरल इन्स्योरेन्सको शेयर कारोबार


काठमाडौं, असोज २७ । मंगलवारदेखि कारोबारयोग्य भएपनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर कारोबार भने हुन सकेन ।

सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि प्रि–ओपनिङ सेसनमा खरीद र विक्री आदेश म्याचिङ हुनपर्ने हुन्छ । मंगलवार जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रि ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा नियमित सेसनको कारोबार नभएको हो । 

उक्त कम्पनीले सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड कित्ता शेयर सूचीकृत गराएको थियो ।

कम्पनीले संस्थापकतर्फको ७० लाख र सर्वसाधारण तर्फको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेले मंगलवारदेखि कारोबार शुरु गर्ने गरी पहिलो कारोबारका लागि रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्मको रेञ्ज तोकेको थियो ।

उक्त कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope